मुक्तक
> म बालमैत्री सरोकार हुँ,(आँखाको नानी बनाएर राख)
कहियै कसैले हटाउन नहुने बानी बनाएर राख
मेरो उपस्थिति सुन्दर फल जस्तै हो
मलाई आफ्नो फलदानी बनाएर राख
> सुव्यवस्थाको प्यास मेटाइदिन्छु,(शुद्ध पिउने पानी बनाएर राख)
तिम्रो आँखामा आउने निद्रा हुँ म, कोमल सिरानी बनाएर राख
दहिबाट घिउ बनाए झै असल खराब छुट्याइदिन्छु
मलाई राम्रो मदानी बनाएर राख
> कागजमा मात्र सिमित नबनाउ मलाई(कार्यन्वयन गरेर हेर)
चारैतिर छरिएका बालबालिकाको, भविष्य सोचेर हेर
म बालबालिकालाई ज्ञानी र संस्कारी बनाइदिन्छु
मलाई राम्ररी प्रयोग गर, अनि देशको मुहार फेर
> केहि राम्रो गर्न यहाँ,(पुरानो व्यवस्था फेरिनुपर्छ)
भोलि राम्रो बनाउनु छ भने, बालबालिकाको अवस्था हेरिनुपर्छ
त्यसैले त मलाई तिम्रो समिप्मा आउन देऊ
कोही छैना सानो ठुलो यहाँ, सबैको सोचाई फेरिनुपर्छ
लेखक:- शिखा घर्ति
कक्षा:- सात
पाण्डबखानी मा.वि गलकोट नगरपालिका १० बागलुङ