पाण्बखानीमा २५६८ औं वाैद्व जयन्ती तथा ३८औं वार्षिकाेत्सव साथै वैशाखे पुर्णिमा मेलाकाे अन्तिम तयारी बैठक सम्पन्न भएको छ।
घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकाेट नगरपालिका १० पाण्डबखानीले भव्यताका साथ मनाउन गइरहेकाे २५६८ औं वाैद्व जयन्ती तथा ३८औं वार्षिकाेत्सव साथै वैशाखे पुर्णिमा मेला भव्यताका साथ सफल पार्नकाे लागि अन्तिम तयारी बैठक सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षतामा आर्थिक,विभिन्न खेलकुद, साँस्कृतिक, साैजन्य, अथिति सत्कार, प्रचारप्रसार, प्रशासनिक, कलाकार लगाएत विषयमा छलफल तथा समिक्षा गरिएको थियाे। जेठ ३ गतेसम्म भलिबलकाे नाम दर्ता संगै ६ गतेदेखि खेल संचालन ९ गते प्रसिद्ध घुम्टेकाे लेख चड्ने दिन सिद्धथानमा चर्चित कलाकार नविन राना र सिम्रन परिवारकाे प्रस्तुति रहने छ भने सम्पूर्ण तयारी पुरा गरिएको क्लबका सह सचिव सुरेश छन्त्यालले जानकारी दिनुभयाे कार्यक्रममा वडा अध्यक्ष भक्तबहादुर काउचा, जनप्रतिनिधि, महिला जागरण केन्द्रका प्रतिनिधि, विभिन्न क्लब, संघसंस्था, आमासमुह, टाेल सुधार समितिका प्रतिनिधि लगाएकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन क्लबका सचिव दिप घर्तिले गर्नु भएको थियाे।