पाण्डवखानी स्वास्थ्य चौकीको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा आई.पि.भी. खोप अभियान २०८०÷०८१ अन्तर्गत सरोकारवालाहरुसंग बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराउँदै वडा अध्यक्ष भक्त बहादुर काउचाले स्वास्थ्य चौकी प्रमुख रत्ना सुनारलाई पूर्ण खोप सुनिश्चितता वडाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी मानसिंह छन्त्यालले स्वास्थ्य चौकीमा प्रतिक्षालय बनाउने समेत घोषणा गर्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको अध्यक्षतामा सम्पन्न भएको थियो ।