गलकोट नगर अस्पातल , दुदिलाभाटी स्वास्थ्य चौकी, पाण्डवखानी स्वास्थ्य चौकी र ढोरपाटन नगरपालिका वडा नं ५ को अधिकारीचौर स्वास्थ्य चौकीमा नवजात शिशुको सुरक्षाको लागि एक/एक वटा न्यानो नानी (Baby Warmer ) हस्तान्तरण गरिएको छ ।
नवजात शिशुको सुरक्षाको लागि Baby Warmer Beast Philanthropy & Giverpower Foundation को समन्वय तथा सहयोगमा सामाग्री हस्तान्तरण गरिएको गलकाेट नगरपालिका ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभएको छ।
नवजात शिशुलाई महत्वपूर्ण समयमा आवश्यक न्यानो प्रदान गर्न राष्ट्रिय आविष्कार केन्द्र नेपालले विकास गरेको कम लागतको बेबी वार्मर प्रदान गरिएको र न्यानो नानीको मुख्य उद्देश्य नेपालका सबै सामुदायिक र जन्म केन्द्रहरूमा बेबी वार्मर्सलाई सजिलै पहुँचयोग्य बनाउनु र नेपालको नवजात शिशु मृत्युदर घटाउने लक्ष्यका साथ सामग्री हस्तान्तरण भएको हमाले बताउनु भयाे ।