गलकोटका युवाहरुले गलकोट नगरपालिकामा विरोध गरेका छन् ।
गलकोटका युवाहरुले नगरपालिका कार्यालय परिसर भित्र गएर विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले गलकोट नगरपालिकाको महालेखा परिक्षक प्रतिवेदनको असन्टुष्टिलाई लिएर विभिन्न प्रश्न तथा मागहरु राखेका थिए ।
जसअन्तर्गत नगरपालिकामा २५ लाख बराबरको कुन मेसिन मर्मत गरियो, ३१ लाख ४४ हजार पैसा घुमघाममा खर्च कसरी, बालमैत्री स्थानिय शासन नगरपालिका घोषणा कसरी, थालेपोखराको स्टेडियमको नाममा छुटाएको पैसा कहाँ खर्च भएको, गाडीको इन्धन खर्च २४ लाख कसरी, गलकोट नगरपालिका भित्र घटेका घटनाहरुमा नगरपालिका मौन किन, खाजामा १८ लाख खर्च कसरी, कोरोना महामारीको समयमा विपन्न नागरिक भनेर ४९ लाख ५० हजार कसलाई प्रदान गरिएको, राष्ट्रिय खेल भलिबल रहदैँ गर्दा गलकोटमा भलिबल खेल र खेलाडीको संरक्षणका लागि बजेट विनियोजन किन भएन, युवाहरुलाई विदेशिन बाट रोक्नको लागि नगरपालिकाले कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरेको छ लगायतका विभिन्न प्रश्न तथा मागहरु राखेका थिए । त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले युवाहरुले राखेका मागहरु जायज रहेको र उक्त मागहरुलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
त्यस्तै गलकोट नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र युवाहरु बिच भएको छलफलबाट आगामी १२ गते पत्रकार सम्मेलन गरी युवाहरुको मागको सम्बोधन गर्ने तथा जानकारी गराउने निर्णय समेत गरिएको थियो ।