गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ६९ करोड ११ लाख ४२ हजार ६ सय रहेको छ । गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले नगर सभाको १५ औँ अधिवेशन तथा दोश्रो बैठकमा गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को चालु तर्फ ५२ करोड ४२ हजार र पूँजीगत तर्फ १७ करोड ११ लाख गरी कुल ६९ करोड ११ लाख ४२ हजार ६ सयको बजेट सार्वजनिक गर्नुभएको हो ।
जसअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ११ करोड ४७ लाख, राजश्व बाँडफाँटबाट ११ करोड ६३ लाख, सशर्त अनुदानबाट ३५ करोड ८६ लाख, विशेष अनुदानबाट १ करोड ७५ लाख प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ५० लाख २९ हजार, राजश्व बाँडफाँटबाट १ करोड ११ लाख ५२ हजार, विशेष अनुदानबाट ४० लाख, समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै स्थानिय राजश्व परिचालनबाट आन्तरीक राजश्व २ करोड ४५ लाख प्राप्त हुने अनुमान गरेको छ ।
गलकोट नगरपालिकाले आर्थिक विकास अन्तर्गत कृषि तथा बागवानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नको लागि संघीय सशर्त अनुदानबाट २३ लाख १ हजार र नगरपालिकाबाट विनियोजित ६५ लाख गरी ८८ लाख १ हजार, पशुपंक्षी विकास क्षेत्रको लागि संघिय सशर्त अनुदानबाट २७ लाख २२ हजार र नगरपालिकाबाट ५३ लाख गरी ८० लाख २२ हजार, सहकारी क्षेत्रको विकास र प्रवर्धनको लागि ५ लाख ५० हजार, उद्यमशीलता विकास तथा रोजगारी प्रवर्धनको लागि संघीय सशर्त अनुदान १ करोड ७ लाख १ हजार र नगरपालिकाबाट १९ लाख गरी १ करोड १६ लाख १ हजार, पर्यटन क्षेत्रसंग सम्बन्धित कार्यक्रम सञ्चालनको लागि १६ लाख विनियोजन गरेको छ । त्यस्तै सामाजिक विकास अन्तर्गत खानेपानी, सरसफाई तथा फोहोर व्यवस्थापनको लागि ३९ लाख, युवा लक्षित कार्यक्रम, खेल मैदान निर्माण लगायत युवा तथा खेलकुुद क्षेत्रको लागि १६ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणको लागि १ करोड २ लाख ५० हजार, समग्र शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालनको लागि सशर्त अनुदान सहित ३२ करोड ३९ लाख २८ हजार, स्वास्थ्य क्षेत्रको लागि ९ करोड २५ लाख ६९ हजार ६ सय, कला, संस्कृति र साहित्य तर्फको कार्यक्रमको लागि ९ लाख बजेट विनियोजना गरिएको छ ।
त्यस्तै भौतिक पूर्वाधार तर्फका योजना कार्यान्वयन गर्न ८ करोड ९२ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको लागि ८४ लाख ५० हजार, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रको लागि ३३ लाख विनियोजन गरेको छ । सभामा नगर सभा सदस्यहरुले प्रश्न, सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
सभाको अवसरमा गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेट, गलकोट नगरपालिकाको आर्थिक विधेयक २०८१, गलकोट नगरपालिका लेखा समितिको प्रतिवेदन २०८१, गलकोट नगरपालिकाको विनियोजना विधेयक २०८१, गलकोट नगरपालिका विद्यायन समितिको प्रतिवेदन २०८१, गलकोट नगरपालिका लेखा समितिको प्रतिवेदन २०८१ पारीत गरिएको थियो ।