गलकोट नगरपालिकाको आयोजनामा महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा उल्लेखित विषयलाई सामाजिक सञ्जालमा भएको गलत र भ्रामक प्रचार प्रति नगरपालिकाको गम्भिर ध्यानाकार्षण भएको भन्दै नगरपालिकाले आज पत्रकार सम्मेलन गरेको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्तले खाना खाजा खर्च, अनुगमन मूल्याङ्कन भ्रमण खर्च, थालेपोखरा लालिगुराँस क्रिकेट स्टेडियम, कोरोनामा राहत हस्तान्तरण, मामा किचन एण्ड काठमाडौं झोल मम, सवारी साधन तथा मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, ईन्धन कार्यालय प्रयोजन, औषधि खरिद, फोहोर व्यवस्थापन खर्च, कार्यालय सार्ने बेलाको खर्च, बालमैत्री नगर घोषणाको बेला भएको खर्चबारे प्रस्ट पार्नुभएको थियो ।
सो अवसरमा कार्यक्रममा उपस्थित पत्रकारहरुले नगरपालिकामा भएको बेरुजु सैद्धान्तिक होकी अन्य, परिचय पत्र सुचिकरण शिविरको लागि जिल्ला प्रशासनबाट नै बजेट विनियोजन हुने र नगरपालिका संग सहकार्यमा भएको होकी होईन, भ्रष्टाचार भयो अनियमिता भयो भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहेको र नागरीकमा बेरुजुको परिभाषा बुझाउन नगरपालिकाले नसकेको कि, झोल मम शिर्षक मलेपले कसरी राख्यो र यसमा मलेपको त्रुटी कसरी हुन पुग्यो, ईन्धन खर्च अलि मितव्ययिता नभएको होकी लगायतका विभिन्न प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकिय अधिकृत थम्मनसिंह गौतम, लेखा अधिकृत कृष्ण प्रसाद खरालले जवाफ दिनुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतमको स्वागत र प्रशासकीय अधिकृत तुल बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।