गलकोट नगरपालिका वडा नम्वर ८ काँडेबाँसको बिसौनामा घरमाथीबाट आएको पहिरोले घरसहित दुई जनालाई पुरेको छ । बिसौनाका ५५ बर्षिय प्रेम बिकको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी ५० बर्षिय श्रीमती बसन्ती बिक पुरीनुभएको हो ।
अहिले बेपत्ता ५० बर्षिय श्रीमती बसन्ती बिकको शव भेटीएको र श्रीमान अझै बेपत्ता हुनुुहुन्छ ।
हिजोदेखि परेको भीषण बर्षापछि उहाँको घरमाथी बाट आएको पहिरोले पुरिएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक थम्मन सिंह रानाले जानकारी दिनुभयो ।
त्यस्तै बेपत्ता विकको बुहारी र नातिलाई थप उपचारको लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले उद्धारको कार्य चलिरहेको जनाईएको छ । उद्धारका लागि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रवक्ता हिम बहादुर भण्डारी, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरु घटना स्थलमा पुगिसक्नुभएको समेत जनाईएको छ ।
त्यस्तै घर नजिकै रहेको बेपत्ता विकको गोठ पुरीन जाँदा गोठमा रहेको १ भैँसी, ३ बाख्रा र गिरी प्रसाद बुढाथोकीको गोठ पुरीन जादा ३ भैँसी, ३ बाख्रा, मृत अवस्थामा फेला परेका समेत जनाईएको छ ।
घटनाको थप विस्तृत बिबरण आउन बाँकी छ ।
यसैबिच मध्यपहाडि लोकमार्गको गलकोट खण्डको विभिन्न स्थानमा पहिरो जाँदा मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ को बतासेँडाडा, गलकोट नगरपालिका वडा नम्वर ९ को गल्याङ, गलकोट नगरपालिका वडा नम्वर ११ काउचे, भालुपाईले लगायतका स्थानमा मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको जनाईएको छ । त्यस्तै घोडाबाँधे खण्डमा पहिरो गएर बन्द बाटो एकतर्फि खुलाईएको छ ।
त्यस्तै गलकोट नगरपालिका वडा नम्वर ७ मल्ममा अविरल वर्षाको कारण म्याला चौतारामा स्वास्थ्य चौकी जाने बाटो, आँगाखेत जाने बाटो, मल्म पाण्डवखानी जाने बाटो, सानोखोला फलाटेखोला लगायतका स्थान जाने बाटो, म्यालेडाडा गैराखर्क जाने बाटो, खोलापारी, हरिचौर जाने बाटो, गुराँसे खोला र भल्साङ किराखोर खाने बाटो अवरुद्ध भएको गलकोट नगरपालिका वडा नम्वर ७ वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै आँगाखेत जाने १ सय मिटर सिँचाई कुलो समेत बगाएको जनाईएको छ । मल्म आँगाखेत निवासी लक्ष्मण केसीको २ तले ढुङ्गे घरको वरण्डा खसेर बस्न नमिल्ने भएको समेत वडा अध्यक्ष थापाले बताउनुभयो ।
