घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० को १५ औँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
चौथो अधिवेशनले दिप घर्तीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा खिम काउचा, सहसचिवमा सुरेश छन्त्याल, कोषाध्यक्षमा विनिता पुन र पदेश सदस्यमा प्रकाश पुन रहनुभएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, निवर्तमान वडा सदस्य धन बहादुर सुनार, शिक्षिका आसा श्रीस, क्लवका निवर्तमान अध्यक्ष प्रकाश पुन, समाजसेवी मानसिंह छन्त्यालले शुभकामना मन्तव्य राख्नुभएको छ । कार्यक्रम मञ्चका निवर्तमान अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।