तप्लेजुङ केन्द्रबिन्दु भएर आज राति १० बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ जिल्लामा रहेको जनाएको छ। भूकम्पले कुनै ठूलो क्षति भएको भन्ने जानकारी प्राप्त भएको छैन, तर जनतामा केही चासो र चिन्ता बढेको छ।