राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते सञ्चालन गर्ने भएको छ। परीक्षा दिन योग्य परीक्षार्थीहरूलाई दुई दिनको समय तालिका तयार गरिएको छ।

परीक्षा नियमहरू:
•परीक्षामा भाग लिनका लागि अधिकतम दुई विषयमा मात्र ‘NG’ (Not Graded) आएकाहरूले मात्र यस पुरक परीक्षामा सहभागी हुन पाउनेछन्।
•तीन वा सोभन्दा बढी विषयमा ‘NG’ आएको परीक्षार्थीहरूले आगामी वर्ष पुन: NG आएको विषयहरूको परीक्षा दिनुपर्नेछ।