नेपाली कांग्रेस गलकोट नगर समितिको आयोजनामा भेटघाट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्वर २ का सभापति तिलक घर्तीले नेपाली कांग्रेस पार्टी विचार समुहको निरन्तर बहस छलफल वा विश्लेषणबाट सिर्जित दल भएकोले यसले सधै व्यक्तिगत विचार व्यक्त नगर्ने बताउनुभएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सहसचिव फम बहादुर खत्रीले नेपाली कांग्रेस लोकतन्त्र मान्ने पार्टी भएकोले सबैलाई समावेश गरी सबैले विचार व्यक्त ठाउँ रहेको भन्दै पार्टीबाट बाहिर जानु र भित्र आउनु निरन्तर कार्य हुदा नडराउनु हुन समेत सम्पुर्णलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति हरुले आआफ्नो वडामा भएको र हुने गतिविधिसंगै सुझावबारे जानकारी गराएका थिए ।
कार्यक्रम नेपाली कांग्रेस गलकोट नगर समितिका कार्यवाहक सभापति यज्ञ प्रसाद सापकोटाको अध्यक्षता र सचिव योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।