गलकोट नगरपालिका-११, रिघा – आज साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यस गलकोट नगरपालिका ११का वडास्तरीय युवा क्लब Active Youth Club of Righa द्वारा युवा दिवस कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रम रिघा वार्ड कार्यलय सभा भवनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरू:
- प्रमुख अतिथि: यस रत्नलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल वा श्रीस।
- विशिष्ठ अतिथि: चिछिम्रा पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक पुस्कर सिंह धामी।
- आयोजक अतिथि: आयोजक क्लबका अध्यक्ष शिशिर श्रीस मगर।
- अन्य अतिथि: रिघा स्वास्थ्य चौकीका अ.ए.अ दिल वा श्रीस, मनेवा आधारभूत विद्यालयका शिक्षक मनिषा सिंजाली, चिछिम्रा पोखरी आधारभूत विद्यालयका सिक्षक स्मृति थापा, बसन्त युवा क्लबकी सदस्य अमृता सिंजाली।
- मिडिया प्रतिनिधि अतिथि : चिछिम्रा पोखरी आधारभूत विद्यालयका शिक्षक जोन सोमै।
कार्यक्रममा Active Youth Club of Righa का सदस्यहरू तथा रत्नलक्ष्मी माध्यमिक विद्यालयका कक्षा ९, १०, र १२ का विद्यार्थीहरू पनि उपस्थित थिए। प्रमुख अतिथि तुल वा श्रीस र दिल वा श्रीसले युवाहरूको महत्व र उनीहरूको समाजमा रहेको भूमिकाको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो। कार्यक्रमको दौरान, आयोजक क्लबका सदस्यहरूले सन्देशमूलक नाटक प्रस्तुत गरे भने रत्नलक्ष्मी विद्यालयका विद्यार्थीहरूले सुन्दर नृत्य प्रस्तुति दिए।
अन्त्यमा, क्लबका अध्यक्ष शिशिर श्रीस मगरले कार्यक्रमको समापन गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे।