गलकोट नगरपालिका वडा नं. ११ रिघामा शैक्षिक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मिति २०८१ भाद्र १ गते वडा शिक्षा समितिको आयोजनामा गलकोट नगरपालिकाका शिक्षा अधिकृत श्री शिव खड्काको सहजीकरणमा सम्पन्न भएको यस कार्यक्रममा वडाभित्रका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, र वडा समिति सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ स्वागत मन्तव्यसहित रत्न लक्ष्मी माविका प्रधानाध्यापक तथा वडा शिक्षा समितिका सचिव तुल बहादुर श्रीसले गरेका थिए। कार्यक्रमको अध्यक्षता शिक्षा समिति संयोजक तथा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले गरेका थिए भने प्रमुख अतिथि शिक्षा अधिकृत शिव खड्का थिए। वडा सचिव देव बहादुर विश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए।
कार्यक्रममा वडाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुले संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रमको अन्त्यमा सानोरिघा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बुढाथोकी, अहेव दिल बहादुर श्रीस, पूर्व प्रधानाध्यापक खिम श्रीस, र रत्न लक्ष्मी माविका शिक्षक बोमकान्त पौडेलले टिप्पणीसहित मन्तव्य राखे।
शिक्षा अधिकृत शिव खड्का, गलकोट नगरपालिकाका लेखापाल विनय अधिकारी, मनेवा आधारभूत विद्यालयका पूर्व शिक्षक खिम बहादुर श्रीस, वडाभित्रका सम्पूर्ण प्रधानाध्यापक र वि.व्या.स. अध्यक्षहरुले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरे। साथै कार्यक्रममा सहभागी हुनुभएका प्रमुख अतिथि यस नगर शिक्षा अधिकृत श्री शिव खड्का, अतिथि नगरपालिकाका लेखापाल विजय अधिकारी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विद्यालयका शिक्षक ज्युहरुलाई वडा कार्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।
आजको कार्यक्रम यस वडाको शैक्षिक सुधारको लागि कोसेढुङ्गा सावित हुने आशा गर्दै, शैक्षिक विकासका लागि सबै अभिभावक र शिक्षा प्रेमीहरुको सार्थक प्रयासको अपेक्षा गरिएको छ।