भाद्र ३, रिघा- आउँदै गरेको तीज पर्वको अवसरमा गलकोट नगरपालिका–११, रिघामा “धर्मपोखरी युवा समाज” द्वारा तीज विशेष विविध कार्यक्रमको आयोजना गर्न लागिएको छ। नेपाली महिलाहरूको यस चाडलाई उल्लासमय बनाउनका लागि समाजले मनोरञ्जन र खेलकुदका विभिन्न गतिविधिहरूको तयारी गरिरहेको छ।

कार्यक्रमको मुख्य आकर्षण भनेको परम्परागत चर्के पिङ र लिङ्गे पिङ रहनेछ, जसले सहभागीहरूलाई रमाइलो गर्ने अवसर दिनेछ। साथै, तीजलाई अझ रोचक बनाउन विभिन्न प्रतियोगिताहरू पनि समावेश गरिएको छ।

कार्यक्रममा खुल्ला पुरुष फुटबल प्रतियोगिता, महिला तीज गीत नृत्य प्रतियोगिता, र महिला रस्साकस्सी प्रतियोगिता (Tug-of-war) रहेको छ।
थप जानकारीको लागि
खेलकुद संयोजक चन्द्रा विक (९८६७४७१४९४) धर्मपोखरी युवा समाजका अध्यक्ष सुमन घर्ती मगर (९७४८४१३१४०)