तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा एक भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ।
उक्त बस पोखराबाट काठमाडौं जाँदै गरेको थियो। बसमा ४० जना यात्रु सवार रहेको तनहुँ प्रहरीले जनाएको छ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार हाल उद्धार कार्य जारी छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।