चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ठूलो ढुंगा खस्दा बस अनियन्त्रित भएर पल्टिएको छ।
यस दुर्घटनामा अन्दाजी १०/११ जना यात्रु घाइते भएका छन्, जसलाई तत्काल उद्धार गरी भरतपुरतर्फ उपचारको लागि पठाइएको छ।
बसमा ठूलो क्षति पुगेको छ र घटनास्थलमा बस हाल राखिएको हुँदा सडक अवरूद्ध भएको छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको छ।