नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद झोलामा माटो मात्र रहेको प्रहरीले पत्ता लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिए अनुसार, कालो रंगको पुरानो झोला आज बिहान देउवा निवास अगाडि फेला परेको थियो। स्थानीयले झोलाबाट तार बाहिर निस्किरहेको देखेपछि विष्फोटक पदार्थको आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको सतर्कतामा नेपाली सेनाको टोलीलाई बोलाइयो र टोलीले झोलालाई खोतल्दा भित्र माटो र माटो मुनि एउटा भाँडो मात्र फेला परेको बताइएको छ। टिफिन बक्सजस्तो देखिने उक्त भाँडोबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटना स्थललाई सुरक्षित राख्दै थप सुरक्षा सतर्कता अपनाएको छ।