नेपाल ट्रेड युनियन काग्रेस बागलुङको प्रथम नगर अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गलकाेट नगरपालिका ३ हटिया बजारमा नेपाल ट्रेड युनियन काग्रेस बागलुङको प्रथम नगर अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जसमा अध्यक्षमा इश्वर गाैतम, उपाध्यक्ष सुरेश छन्त्याल, उमा न्याैपाने सचिव गाेविन्द उपाध्याय, सह सचिव कृष्ण प्रसाद गाैतम, काेषाध्यक्ष धना खड्का, सदस्यहरुमा रत्न अधिकारी,दुर्गाबहादुर भण्डारी,राजन सुवेदी र केशब गाैतम रहेका छन्।
नेपाल ट्रेड युनियन काग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पाैड्यालकाे अध्यक्षता महाअधिवेसन प्रतिनिधि भरत शर्मा गैरेकाे प्रमुख आथितियता प्रदिप पन्तकाे स्वागत मन्तव्य संगै कार्यक्रमकाे संचालन नेपाल ट्रेड युनियन जिल्ला सचिव विरबहादुर किशानकाे संचालनमा सम्पन्न भएको थियाे।