बाजुरामा बिहीबार साँझ ७:३४ बजे भूकम्पको झट्का महसुस गरिएको छ। यो भूकम्पको केन्द्रविन्दु छिमेकी जिल्ला बझाङको मष्टा गाउँपालिका रहेको थियो, जहाँ ४.३ म्याग्नेच्युडको कम्पन मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।
बझाङमा केन्द्रित यस भूकम्पको धक्का बाजुराका साथै वरपरका जिल्लाहरूमा पनि महसुस गरिएको छ। स्थानीय बासिन्दा भूकम्पको कारण त्रसित भए तापनि अहिलेसम्म कुनै ठूला क्षतिको विवरण प्राप्त भएको छैन।