ललितपुरबाट दुई जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललितपुर महानगरपालिका-२५ नख्खुबाट प्रहरीले पक्राउ गरेको हो।
भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल, तथा ६६ वटा प्रयोग भएका र नभएका सिरिन्जहरू बरामद गरेको छ।
उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। प्रहरीको दाबीअनुसार उनीहरू लागुऔषधका प्रयोगकर्ता मात्र नभई बिक्रेतासमेत हुन्।