राजेन्द्र श्रेष्ठ
गलकोट मन्दिर परीसरमा बृक्षारोपण कार्य सम्पन्न भएको छ। तत्कालीन बाइसे चौबिसे मध्य बि.स १६३१ सालमा स्थापना भयको शक्तिसाली राज्य सुरु भएको गलकोट मन्दिर परीसरमा गलकोट मन्दीर ब्यबस्थापन समिति र गलकोट नगरपालिका वडा न ३ को संयुक्त आयोजनामा गलकोट नगरापालिकाको नगर प्रमुख भरत सर्मा गैरेको प्रमुख आतिथ्य र श्री मेहर गण घोडाबाधेको गणपती धन राना गलकोट नगरपालिका वडा न ७ वडा अध्यक्ष राजबहादुर थापा कार्यपालिका सदस्य टुक कुमारी श्रेष्ठ समाजसेवी टंक केसी विशिष्ट आतिथ्य मा बृक्षरोपण कार्य सप्पन्न भयो ।
कार्यक्रममा असोका कपुर धुपी सल्ला लगाएतको ३० वटा बिरुवा लगाइएको थियो। कार्यक्रममा प्रमुख अतीथी नगरप्रमुखले गलकोट मन्दिर गलकोटको मात्र नभै बागलुङ जिल्लाभरको धार्मीक एतिहासिक पर्यटकिय स्थल भएको यसलाइ सबै मिलेर संरक्षण र सम्बर्द्धन सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो यसलाइ सहयोग गर्न नगरपालिका हरदम तयार रहेको जानकारी दिनुभयो
कार्यक्रम गलकोट मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष सन्त बा खत्री र गलकोट नगरपालिका अध्यक्ष फम ब. खत्री को सन्चालमा सम्पन्न भएको थियाे।