सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन गर्न बनेको आयोगको म्याद थप गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगको म्याद दुई महिना थप गरिएको हो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार आयोगको नयाँ संयोजक महेन्द्रकुमार थापा तोकिएका छन्। यसअघि संयोजक रहेका पूर्वसचिव सारदाप्रसाद त्रिताल बिरामी परेपछि थापालाई नयाँ संयोजक बनाइएको हो।