२०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक जितेर इतिहास रचिन्।
चीनको हाङ्जाउमा आयोजित च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० को अन्तरले पराजित भएपछि उनी रजतमा सीमित भइन्।यस च्याम्पियनसिपमा एरिका नेपालको लागि जितेको यो पहिलो पदक हो, जुन ऐतिहासिक मानिन्छ। यसअघि कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन्।
एरिका प्रारम्भिक चरणमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० र क्वार्टरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
सेमिफाइनलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरिन्।एरिका गुरुङको यो सफलता नेपाली करातेका लागि प्रेरणादायक छ र उनले भविष्यमा अझै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।