मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरमा पक्राउ गरेको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार, प्रसाईंलाई मध्यपुर थिमी नगरपालिका–६ स्थित उनको घरमा पक्राउ गरिए। घरको गेट नखोलेपछि प्रहरीले कमाउण्ड नाघेर भित्र प्रवेश गरि उनलाई पक्राउ गरेको हो।
नेपाल प्रहरीको साइबर ब्यूरोमा उनलाई विरुद्ध जाहेरी परेको थियो, जसको आधारमा जिल्ला अदालत, काठमाडौंले अनुसन्धानको लागि अनुमति दिएको थियो।