रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नम्बरको डबल क्याप जीप अनियन्त्रित भएर करिब १५० मिटर तल खस्दा ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ४२ वर्षीय चालक गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
अन्य घाइतेहरूमा सीता नेपाली, सुजीता रसाइली, सरिता नेपाली र पाँच महिनाकी बालिका रोनिषा छन्, जसको उपचार रामेछापका विभिन्न अस्पतालहरूमा भइरहेको छ।