धनुषा जिल्लामा आइतबार राति भएको हिरासत काण्डमा ८ जना थुनुवा फरार भएका छन्। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार, थुनुवाहरूले हिरासतको भेन्टिलेशन फोडेर भागेका थिए।
९ जना भागेका थुनुवामध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य आठजनाको खोजी भइरहेको छ।
फरार हुनेहरूमा लागुऔषध र अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरू रहेका छन्, जसमा अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया, मनिष मण्डल, बिक्की कार्की र एक नाबालक छन्।
प्रहरीले रातिदेखि नै फरार थुनुवाहरूको खोजी अभियान सुरू गरेको छ र सीमा क्षेत्रमा पनि निगरानी कडा पारिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले यस घटनाबारे जानकारी लिँदै जिल्ला प्रहरी कार्यालयमा छानबिनको तयारी गरिरहेको बताएका छन्।