प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मुख्य सचिव एकनारायण अर्यालले दिएको जानकारीअनुसार,
यस प्रकोपमा हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता रहेका छन्। १५८ जना घाइते भएका छन्।
प्रारम्भिक आँकडाका आधारमा, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड, उर्जामा ४ अर्ब, सिँचाइमा २ अर्ब, र कृषि तथा पशुपालनमा ६ अर्बको क्षति भएको अनुमान छ।
मुख्य सचिव अर्यालले कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने जानकारी दिएका छन्। साथै, खोज तथा उद्धार कार्य दुई दिनभित्र सक्ने र राहत वितरण एकद्धार प्रणालीमार्फत हुने योजना रहेको छ। घरबारविहीन भएकाहरुलाई अस्थायी आवास निर्माणको व्यवस्था पनि सरकारले गर्नेछ।