ग्रामिण बस्तिबाट संचारमाध्यम संचालन गर्नु नै सबैले गर्व गर्नुपर्ने विषय रहेको समेत बताउनुभएको थियो ।
घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडद्धारा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर १० घर भई जापानमा कार्यरत रेखा घर्ती र भारतिय सेनामा कार्यरत सागर पुनलाई घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडद्धारा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले घुम्टे खबरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि वडा तथा नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै सधैँ सत्य, तथ्य र निष्पक्ष तरिकाले समाचारहरु सम्प्रेषण गर्नको लागि आग्रह गर्नुभएको थियो । उहाँले ग्रामिण बस्तिबाट संचारमाध्यम संचालन गर्नु नै सबैले गर्व गर्नुपर्ने विषय रहेको समेत बताउनुभएको थियो । कार्यक्रमको अवसरमा समाजसेवी मानसिंह छन्त्यालले घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडलाई ५ हजार नगद समेत सहयोग गर्नुभएको थियो । कार्यक्रम घुम्टे प्रसारण मिडिया प्राईभेट लिमिटेडका अध्यक्ष दिप घर्तीको अध्यक्षता, सम्पादक देउराज पुनको स्वागत र कार्यकारी सम्पादक सुरेश छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पनि जापानमा कार्यरत रेखा घर्ती र भारतिय सेनामा कार्यरत सागर पुनलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रम क्लबका अध्यक्ष दिप घर्तीको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।