गलकोटमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा कर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना तथा गलकोट उद्योग वाणिज्य संघको समन्वयमा गलकोटमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा कर सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख प्रमोद कुमार श्रीवास्तवले व्यवसायिहरुलाई समयमै कर तिर्नको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत मोहन आचार्य र राजनमणि शर्माले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा व्यवसायीहरु विरबल श्रेष्ठ, डाक्टर टंक प्रसाद चालिसे, गोविन्द चालिसे, दल बहादुर घर्ती, पदम गौतम लगायतले प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
कार्यक्रम गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, कौशिला घर्ती मगरको स्वागत र सचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।