गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको सुनपानीदेखी लेङ्गुरे सम्मको सडक स्तरोन्नती गर्न सुरु गरिएको छ ।
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा गलकोट नगरपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित नगद रु १ करोडको योजना अनुसार सुनपानीदेखी लेङ्गुरे सम्म ३ सय ७० मिटर सडक ढलान गर्न थालिएको हो । सडक ढलान गलकोट नगरपालिका वडा नम्वर १० को वडा कार्यालयबाट सुचारु गरिएको छ । त्यस्तै मानसिंह छन्त्यालको संयोजकत्वमा ८ सदस्यिय स्थानिय सडक अनुगमन समिति समेत गठन गरिएको छ । रुद्रावती विल्डर्स एण्ड सप्लायर्स संग सम्झौता गरी सडक ढलान कार्य सुचारु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले जानकारी दिनुभयो ।
यसैबीच गलकाेट नगरपालिका वडा नं १० पाण्डवखानीमा आर्थिक वर्ष २०८१/८२ मा विनियाेजित १७ वटा याेजनाहरूकाे नविल बैक लिमिटेड हटिया शाखाकाे सहकार्यमा उपभोक्ता समितिहरूकाे बैक खाता खाेलिएकाे नविल बैक लिमिटेड गलकाेट शाखाका प्रबन्धक सुन्दर सापकाेटले जानकारी दिनुभयाे। नविल बैक वडा कार्यालयमै आएर खाता खाेल्दा उपभाेक्ता समितिहरूलाई गलकाेट सम्म जानुपर्नेमा घर गाँउमा सेवा आउदा सहज महसुस भएकाे उपभाेक्ता समितिका पदाधिकारीहरूले जानकारी दिनुभयाे ।