भारतिय भूतपूर्व सैनिक संघ गलकोट नगरपालिकाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले गलकोटको सबै क्षेत्रमा भुपुहरुले गरेको योगदान सह्रानिय भएकोे बताउनुभएको छ ।
उहाँले भूपूहरुले सामाजिक सँगै भौतिक रुपमा पनि गलकोट क्षेत्रकोे विकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै भुपुहरुले समाजका लागि गरेको अतुलनिय योग्दानको पंशसा समेत व्यक्त गर्नुभएको थियो ।
सभामा भारतिय भूतपूर्व सैनिक संघ गलकोट नगर कोषाध्यक्ष नर बहादुर साहनीले १८ लाख बराबरको आयव्यय प्रस्तुत तथा संघका सचिव झहर बहादुर खत्रीले प्रगति पतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष लाल बहादुर राना, वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, भारतिय भुतपूर्व सैनिक संघ गलकोट नगरपालिका वडा नम्वर १ का अध्यक्ष लिल बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा गलकोट नगरपालिका भित्रका ८४ वर्ष पुगेका ६३ जना भुपु सैनिक, भुपु सैनिकका सन्तानहरु डाक्टर र ईन्जिनियलाई सम्मान गरिएको थियो । कार्यक्रममा भारतिय भुतपुर्व सैनिक संघ गलकोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष सुवेदार भिम बहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम भारतिय भूतपूर्व सैनिक संघ गलकोट नगर समितिका अध्यक्ष हिरा बहादुर काला मगरको अध्यक्षता, उपाध्यक्ष कृष्ण बहादुर भण्डारीको स्वागत र सचिव झहर बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।