पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । ६८ वर्षको उमेरमा शर्माको भारतस्थित उपचारको क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनका दाई कृष्णराज शर्माका अनुसार किड्नीमा समस्या भएपछि पूर्वमन्त्री शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । शर्मा बागलुङका पुराना बामपन्थी नेता हुन् ।