ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ ।
किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले शरीरलाई एक मात्र नभएर धेरै फाइदा हुन्छ । ४ देखि ५ वटा किशमिशलाई रातभर पानीमा भिजाउनु होस् र भोलिपल्ट बिहान यी किशमिश खानुहोस्, तपाइमा अर्कै रौनक देखिन्छ ।
उसो यहाँ जान्नुहोस् कि ती व्यक्तिहरू को हुन्, जसका लागि किशमिशको सेवन धेरै फाइदाजनक हुन्छ। यदि यी व्यक्तिहरूले किसमिस खाएमा शरीरमा अचम्मको प्रभाव देख्न सकिन्छ।
भिजाएर किसमिस खानुका फाइदाहरु
जसको शरीरमा विषाक्त पदार्थ हुन्छ, उसलाइ यो जरूरी रहेको छ । शरीरमा विषाक्त पदार्थको मात्रा बढे पछि स्वास्थ्य सम्बन्धी समस्या आउन थाल्छ ।
विषाक्त पदार्थहरूले शरीरमा फोहोर निम्त्याउँछ, जसको प्रभाव आन्तरिक र बाह्य दुवै रूपमा देखिन्छ। यस्तो अवस्थामा किशमिशले शरीरलाई डिटक्सिफाइ गर्न मद्दत गर्छ।