“सबै महिला तथा बालिकाको लागि: अधिकार,समानता र सशक्तिकरण” भन्ने मुल नाराका साथ ११५ औ अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ।
महिला जागरण केन्द्र पाण्डबखानीकाे आयाेजनमामा भएको कार्यक्रममा रमुवामा उत्पादन भएको आलु चिप प्रदर्शन, बेलुन नाच प्रतियोगितामा साेरमने आमा समूह प्रथम, रमुवा आमा समहु दाेस्राे, सुनपानी आमासमुह तेस्राे भएका छन् त्यस्तै गिलास मिलाउने प्रतियोगितामा काप्रे आमा समुह प्रथम, तल्लाे फुर्से आमा समूह दाेस्राे, ज्याथर आमा समूह तेस्राे भएका छन् ।
त्यस्तै कार्यक्रम स्थलमा समयमा सहभागी हुने टिमलाइ पनि पुरस्कारकाे व्यवस्थापन रहेकाे थियाे ।
कार्यक्रममा महिला जागरण केन्द्र पाण्डबखानीकि अध्यक्ष राधिका पुनकाे अध्यक्षता गलकाेट कार्यपालिका सदस्य रामप्रसाद वि.ककाे प्रमख आथितियता, निवर्तमान वडा अध्यक्ष तिलक घर्तिकाे विशेष्ट अथिति, महिला जागरण केन्द्र पाण्डबखानीकि सदस्य तेजकुमारी पुनकाे स्वागत मन्तव्य संगै महिला जागरण केन्द्र पाण्डबखानीकि सचिव चन्द्रा कुमारी श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको छ।