उद्योगी–व्यवसायीको छाता सङ्गठन गलकोट उद्योग वाणिज्य संघको अध्यक्षमा ढालिन्द्र प्रसाद गौतम र दिलिप श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्षको उम्मेदवार दिएका गलकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गौतम र कोषाध्यक्ष दिलिप श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको हो । गलकोट उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व बनाउने भनेर व्यवसायीहरूले विभिन्न चरणमा छलफल गरे पनि अध्यक्षका उम्मेदवारहरुबिच सहमति जुट्न नसक्दा मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।
त्यस्तै गलकोट उद्योग वाणिज्य संघको खुल्ला सदस्यको लागि टिकाराम गौतम, भिम बहादुर केसी, चित्र बहादुर साहानी, दल बहादुर घर्ती, श्याम सुन्दर भण्डेल, भिम बहादुर केसी (बाबुराम), सन्त बहादुर भण्डारी, गोविन्द उपाध्याय, धन बहादुर केसी, लिल बहादुर सार्की, कृष्ण प्रसाद खरेल, हर्क बहादुर पन्त, दान बहादुर श्रीस, गुमानसिंह खत्री, राजेन्द्र घिमिरे र पदम श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै उद्योग सदस्यमा तुलाराम गौतम, विरबल श्रेष्ठको उम्मेदवारी परेको छ । भने महिला सदस्यमा बालकुमारी श्रीस, गंगा रेग्मी, नितु प्रधान र कौशिला घर्तीको उम्मेदवारी परेको निर्वाचन अधिकृत देवेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । आगामी चैत्र १ गते अध्यक्ष १ जना, उद्योग सदस्य १ जना, महिला सदस्य २ जना र खुल्ला सदस्य ८ गरी १२ जनाको लागि निर्वाचन हुने छ । निर्वाचनमा ३ सय ७१ जना मतदाता मतदानमा सहभागि हुँदैछन् ।
त्यस्तै निर्वाचन भए पश्चात् निर्वाचित अध्यक्षले २ जना सदस्य मनोनित गर्ने र निवर्तमान अध्यक्ष स्वतः सदस्य हुने समेत निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।