गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्र गौतम निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये ढालिन्द्र प्रसाद गौतमले १ सय ४८ मत पाए । अर्का उमेदवार दिलीप श्रेष्ठले १ सय ४४ मत ल्याएको निर्वाचन अधिकृत देबेन्द्र बहादुर खत्रीले बताए ।
महिला सदस्यमा कौशीला घर्तीले २ सय २८ र बालकुमारी श्रीषले १ सय ६० मत ल्याएर बिजयी भए । महिला सदस्यमै नितु प्रधानको १ सय ११ र गंगा रेग्मीले ४६ मत पाइन् । खुला सदस्यहरुमा उद्योगतर्फ तुलाराम गौतमले १ सय ५६ मत पाए । अर्का उमेदवार बिरबल श्रेष्ठले १ सय २७ मत मात्रै पाएका थिए । अन्य खुला सदस्यमा टिकाराम गौतमको १ सय ८०, भीमबहादुर केसी २ सय ९, चित्रबहादुर सहानी १ सय ६७, दलबहादुर घर्ती १ सय ८३ र श्याम सुन्दर भण्डेलले १ सय ७८ मत पाए ।
त्यस्तै भीमबहादुर केसीले १ सय ८२, सन्तबहादुर भण्डारीले १ सय ८१, गोबिन्दप्रसाद उपाध्यायले १ सय ८८ र धनबहादुर केसीले १ सय ८५ मत पाए । त्यसैगरी लिलबहादुर सार्की ४९, कृष्णप्रसाद खरेल ८०, हर्कब
हादुर पन्त ९५, दानबहादुर श्रीष १ सय २३, गुमानसिंह खत्री ९७, राजेन्द्र घिमिरे ८४ र पदम श्रेष्ठले ९५ मत पाएका हुन् ।

