प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई एक भिडियो सन्देशमार्फत शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले एसईईलाई केही अघिसम्म फलामे ढोकाको रूपमा लिने गरिएको भए पनि अहिले अवस्था परिवर्तन भएको बताए ।अघिल्लो वर्ष नतिजा सन्तोषजनक नआएकाले यस वर्ष विद्यार्थीबाट राम्रो नतिजाको अपेक्षा गरेको उनले बताए ।जीवनका हरेक मोडमा परीक्षा दिनुपर्ने भएकाले नडराई र नहडबडाई परीक्षा दिन प्रधानमन्त्रीले एसईईका विद्यार्थीहरूलाई आग्रह गरेका छन |