गलकाेट नगरपालिका १० पाण्डबखानीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सचेतता कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर १० काे आयाेजनामा भएको कार्यक्रममा टाेल सुधार समिति, आमासमुह, क्लबका प्रतिनिधि लगाएतकाे सहभागीतामा ईलाका प्रहरी कार्यालय हरिचाैरका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेले लागू औंषधकाे परिभाषा, दुव्र्यसनकाे इतिहास,औंषधकाे प्रकार,दुव्र्यसनकाे लक्षण,दुव्र्यसनमा फस्ने कारण, समाजकाे भुमिका साइभर क्राइम, छुवाछूत बारे सहजिकरण गर्नु भएको थियाे।
त्यस्तै गलकोट नगरपालिका वडा नं. १० रमुवामा रहेकाे श्री रमुवा आधारभूत बिद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई कार्यालय प्रमुख प्रहरी निरीक्षक काफ्लेले बन डढेलो, लागुऔषध, घरेलु हिंसा, साइबर अपराध तथा बाल अधिकार सम्बन्धी बिषयमा प्रशिक्षण गर्नु भएको थियाे। नगरकार्यपालिका सदस्य रामप्रसाद वि.ककाे अध्यक्ष संगै वडा सचिव ठाकुर तिमिल्सिनाकाे संचालनमा कार्यक्रम सम्पन्न भएको छ।