गलकोट नगरपालिका वडा नम्वर ३ घट्टेखोलामा स्कुटी दुर्घटना भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट भैंसे पुल तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०१७४ नम्वरको स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार २ जना घाईते भएका छन् । घाईतेहरुलाई गलकोट नगर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।