गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले मनाउन गइरहेको २५६९औं वाैद्व जयन्ती तथा ३९औं वार्षिकाेत्सव साथै वैशाखे पुर्णिमा मेला भव्यताका साथ सफल पार्न विभिन्न टाेल -टाेलमा अभियान सुरुचारु भएको छ।
कार्यक्रम भनेकाे खेल मात्र नभइ यश क्षेत्रमा रहेकाे परम्परा संस्कृतिलाई संरक्षण गर्न वडा लगाएत पाण्डबखानी बासि जागरुक हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नु भएको थियाे। त्यस्तै निवर्तमान वडा अध्यक्ष तिकल घर्तिले समाज एकता भएमा एकताकाे सन्देश जाने छ, भन्दै सामाजिक संस्था रहकाे हुनाले घुम्टे साँस्कृतिक तथा प्राकृति संरक्षण मञ्चले यश विषयमा ध्यान राख्दै उहाले ध्यानाकर्षण गर्नु भएको थियाे।
यसैविच मुल समितिबाट उप समिति समेत गठन गरिएको छ। जसकाे संयाेजक खिम गलामि पुनकाे संयाेक्तमा २१ सदस्य चयन भएको छ। क्लबका अध्यक्ष दिप घर्तिकाे अध्यक्षतामा सुनपानी टाेल र उपल्लो फुर्से, तल्लाे फुर्से र साेरमने टाेलमा सम्पन्न भएको छ। जसमा अध्यक्ष घर्तिले कार्यक्रमकाे विषयमा प्रकाश पार्दै सबैलाइ आफ्-आफ्नाे तहबाट सहयोग गर्न आग्रह गर्दै सबैलाई सहज बनाउन संस्थाकाे सदस्यता वितरण समेत भएकाे थियाे।
कार्यक्रम वैशाख २५ गते देखि २९ गते सम्म संचालन हुने आयाेजकले जनाएकाे छ।
कार्यक्रमा सति घाटु, सालैजाे, भैइच साइजाे, यानीमाया साथमा स्थानीय कलाकार तथा राष्ट्रिय कलाकार नवीन राना र रिना केसिकाे साङ्गितिक प्रस्तुति समेत हुने भएको छ।