देश प्रति चौतर्फी निराशा बाडिएको छ।
देश दिन दिनै तिरिएको छ।
तिमीले पढाउने हरेक पाठहरुमा
राष्ट्रियता, स्वाभिमान र राष्ट्र प्रेम पढाई हुन्न र?
गरिबी निवारणका उपाय बारेमा चर्चा हुन्न र?
किन देश झन झन गरिव भएको छ?
कहिल्यै पनि शान्त र विकसित देश हुने योजनाको पढाई हुन्न र? नेपालको प्राकृतिक स्रोत साधनको अधिकतम परिचालन बारे प्रशिक्षण हुन्न र?
बालबालिकाका मनमा आशा रोप्न सकिन्छ कि?
केही गर्न सकिन्छ कि समृद्ध नेपाल, सुखी नेपालीको सपना साँचो बनाउन?
पाठशालामा उज्यालो सिर्जना गर
ज्ञानको उज्यालो फिजाइदेउ समाधानको बाटो देखाइदेउ
हाम्रा सपनाहरू साकार पार्न ढिला भइसक्यो कि?
कि तिम्रो कक्षाकोठा बाटै समृद्ध नेपालको आधारशिला बन्न सक्छ?
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे-धौलेचाैर
