गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका निवर्तमान अध्यक्ष प्रकाश पुनका बुवा सशिराम पुनको तेस्रो दिनको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
सभामा परिवारजनप्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै मौनधारणा गरि श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
सो अवसरमा गलकोट नगरपालिका वडा नम्वर १० का संरक्षक तथा पुर्व संविधान सभा सदय निरज पुन, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचा, गलकोट नगर कार्य पालिका सदस्य रामप्रसाद वि.क, क्क्लका अध्यक्ष दिप घर्ती, महिला जागरण केन्द्रका अध्यक्ष राधिका पुन, बरिष्ठ समाजसेवि मानसिंह छन्त्याल, पत्रकार सुरेश छन्त्यालको सहभागिता रहेको थियो ।
श्रद्धाञ्जली सभा क्लवका सचिव ठाकुर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । स्वर्गीय पुनको गत वैशाख १० गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

