गलकाेट नगर पालिका १० पाण्डबखानीमा रहेकाे सामाजिक संस्था घुम्टे सास्कृतिक तथा प्राकृतिक संरक्षक मञ्च द्धारा यहि वैसाख २५ गतेदेखि २९ गतेसम्म मनाउन गैरहेकाे ३९ औं वार्षिकाेत्सव तथा ऐतिहासिक २५६९ औं वाैद्व जयन्ती मेला २०८२ सफल पार्न विभिन्न जिम्मेवारी वाडफाड गरेकाे छ।
क्लबका अध्यक्ष दिप घर्तिकाे अध्यक्षतामा बसेकाे अन्तिम तयारी बैठकमा निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, महिला जागरण केन्द्रकि अध्यक्ष राधिका पुन, घाटु गुरुबा गिरिप्रसाद घर्ती, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, पत्रकार आमासमुह, क्लब, टाेल सुधार समिति, भुपु सैनिक संघका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियाे । यहि २४ गते बेलुका सम्म नाम दर्ता खुल्ला गर्ने, २५ गते देखि नै खेल संचालन हुने, घाटु नाच लाई व्यवस्थापन गर्ने,२८ गते गलकाेट क्षेत्रकै प्रसिद्ध घुम्टे लेख चढ्ने दिन सिद्धथानमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित राष्ट्रिय कलाकारहरुकाे विजाेड प्रस्तुति रहने क्लबले जनाएकाे छ।