गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी माद्यमिक विद्यालयको लागि छात्रवृति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम सम्पन भएको छ ।
समृद्घ राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ र खेलकुदमा भन्ने उदेश्य सहित गलकोट समाज जापानले आयायोजना गरेको साँगीतिक धमाका २०२५ को उदेश्य अनुसार गलकोट समाज जापानद्घारा आयोजित छात्रवृति अक्षयकोष हस्तान्तरण तथा अभियानको स्थापना र उदेश्यबारे प्रकाश पादै यो पहिलो चरणको अभियान पाण्डबखानी माद्ययमिक विद्यालयबाट सुरु भएको जानकारी दिदै समाजका अध्यक्ष रत्नसिहं बस्नेतले छात्रवृति अक्षयकोषका लागि पाण्डबखानी माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिलाइ रु. ५ लाखको चेक हस्ताण्तरण गर्नु भएको थियो ।
हस्ताण्तरण गदै समाजका अध्यक्ष रत्नसंिह खत्रीले प्रभासमा रहेर पनि गलकोट समाज जापानले विभिन्न कार्यक्रम सहित गलकोट क्षेत्र लगायत विभिन्न जिल्लाहरुमा आर्थिक सहयोग गदै आइरहेको अझैपनि समस्यामा परेका दिनदुखी, असाय, बाढिपिडितहरुलाइ विशेष सहयोग गर्ने बताउनु भयो । कार्यक्रम पाण्डबखानी माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिको अध्यक्षता संगै प्रध्यानापक नविन सुनारको संचालनमा सम्पन्न भएको थियो ।