गलकोट नगरपालिका वडा नम्वर १० मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर १० मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले स्थानीय स्तरमा सञ्चालन हुने यस्ता खालका कार्यक्रमले न्याय सम्पादन गर्न सहज हुने बताउनुभएको थियो ।
गलकोट नगरपालिका वडा नम्वर १० भित्रका जनप्रतिनिधी, मेलमिलापकर्ताहरु, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, आमा समुह, संघसंस्था, क्लवका प्रतिनिधी, टोल विकास संस्था, समाजसेवी लगायतको सहभागिता रहेको कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत रामचन्द्र पाैड्यालले मौलिक हक, मानव अधिकार, सुशासन, देवानी र फौजदारीको बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
भने गलकोट नगरपालिकाका न्यायिक सहजकर्ता अधिवक्ता हेमन्त बुढाथोकीले स्थानीय न्यायिक समितिको प्रक्रिया र अभ्यास, गलकोट नगरपालिका स्थानीय न्यायिका समिति कार्यविधी ऐन २०७५ मा स्थानीय न्यायिक समिति, मेलमिलाप र मेलमिलाप कर्ता सम्वन्धी प्रावधानबारे सहजिकरण गर्नुभएको थियो । कार्यक्रम गलकोट नगरापलिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको अध्यक्षता, गलकोट नगरपालिकाका स्थानीय न्यायिक समितिका सदस्य लाेकनाथ कडेलकाे स्वागत र वडा सचिव ठाकुर तिमिल्सिनाको सञ्चालनमा स्म्पन्न भएको थियो ।