गलकोट नगरपालिका वडा नम्वर ८ काडेँबासमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ८ काडेँबासमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । गलकोट नगरपालिका वडा नम्वर ८ भित्रका जनप्रतिनिधी, मेलमिलापकर्ताहरु, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, आमा समुह, संघसंस्था, क्लवका प्रतिनिधी, टोल विकास संस्था, समाजसेवी लगायतको सहभागिता रहेको कार्यक्रममा गलकोट नगरपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद खरालले मौलिक हक, मानव अधिकार, सुशासन, देवानी र फौजदारी फाईलको विषयमा सहजिकरण गर्नुभएको थियो । भने गलकोट नगरपालिकाका न्यायिक सहजकर्ता अधिवक्ता हेमन्त बुढाथोकीले स्थानीय न्यायिक समितिको प्रक्रिया र अभ्यास, मेलमिलाप, मेलमिलापकर्ताको सैद्धान्तिक र कानुनी पक्ष, गलकोट नगरपालिका स्थानिय न्यायिक समिति कार्यविधि ऐन २०७५ मा न्यायिक समिति र मेलमिलाप सम्बन्धी प्रावधान लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका स्थानीय न्यायिक समितिका सदस्य खिम साहानी, जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकी, ग्रामिण महिला आत्मनिर्भर जागरण केन्द्रका अध्यक्ष गोम कडेँलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरापलिका वडा नम्वर ८ का वडा अध्यक्ष तेज प्रसाद सापकोटाको अध्यक्षता, गलकोट नगरपालिकाका स्थानीय न्यायिक समितिका सदस्य लोकनाथ कडेँलको स्वागत र वडा सचिव ईन्दिरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।