फुर्सदका क्षणहरू सुनौला छन्,
ब्यस्त जीवनबाट उम्किने एक अवसर।
पठन-पाठनले ज्ञानको ढोका खोल्छ,
बुझाइलाई गहिरो बनाउँदै, मनको सीमा फराकिलो पार्छ।
शब्दको खेल सृजनात्मक लेखन हो,
विचारको उडान, कल्पनाको पंखा।
कागजमा पोखिएका भावनाहरू,
मनको गहिराइबाट झर्ने अमूल्य मोतीहरू।
संगीतको मधुर लयमा मन बग्छ,
स्वरको जादूले आत्मालाई उज्यालो बनाउँछ।
सुनिएको हर एक सुर,
जीवनको यात्रामा नया ऊर्जा थप्छ।
रंगहरूसंग खेल्ने चित्रकला, हस्तकला,
सृजनशीलताको अभिव्यक्ति, कल्पनाको सौन्दर्य।
शारीरिक व्यायामले जीवन चलायमान बनाउँछ,
स्वास्थ्यको सम्पत्ति संचित गर्दै तन-मन ताजगी पार्छ।
पर्यटनको यात्रा, नयाँ अनुभवको खोजी,
नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ सोचको आभास।
ज्ञानको खोजीमा हरपल नयाँ सिक्ने प्रयास,
समयको सदुपयोग, जीवनलाई सार्थक बनाउने अभियान।
फुर्सद भनेको आराम मात्र होइन,
यो अवसर हो, सम्भावनाको दलनको खोजी गर्ने।
प्रत्येक क्षणको सम्मान गरौँ,
र आफ्नै जीवनलाई कला बनाऔँ।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर