गलकोट नगरपालिकामा एक गेष्ट हाउसमा एक जना व्यक्ति मृत अवस्थामा फेला पर्नुभएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा सञ्चालित सुस्मिता गेष्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला पर्नुभएको हो ।
पर्सा जिल्ला कालिकामाई गाउँपालिका वडा नम्वर २ का ४६ वर्षिय सुबोध कुमार कुसुवा विहान ८ बजे मृत अवस्थामा फेला पर्नुभएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।