नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८.३३प्रतिशत हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेकोछ । कम्पनीले बागलुङको गलकोट नगरपालिका ११ मनेवामा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ।